शीर्षकहरू

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी कोषमा ३१ लाख सहयोग

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी कोषमा  ३१ लाख सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत साताको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ राहत कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट आज अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम हस्ताक्षर गरेका हुन् ।