शीर्षकहरू

बाढी पहिरोले ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख राहत रकम दिने

बाढी पहिरोले ज्यान गुमाएका खेलाडीका परिवारलाई एन्फाले ८ लाख राहत रकम दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाढी पहिरोले ज्यान गुमाएका ६ खेलाडीको परिवारलाई ८ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । एन्फाको आइतबार बसेको बैठकले असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका खेलाडीका परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको हो ।

एन्फाले मृतक खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जनका परिवारलाई राहत रकम दिने भएको हो । त्यस्तै, खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ । एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ । दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने भएको छ ।