शीर्षकहरू

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज मेला जारी

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज मेला जारी

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा जारी छ । दशैँ तिहारका अवसरमा सुरु भएको मेला भोलिसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

मेलामा बाइक एक्सचेन्ज गर्न र खरिद गर्न आउने तथा अवलोकन गर्न आउनेको उल्लेख्य सहभागिता रहेको कम्पनीको भनाइ छ ।

अहिलेसम्मकै ठूलो पल्सर, एन एस् ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ । जसले नेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्ने कम्पनीको दावी छ ।

बजाज पल्सर एन एस् ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।  जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको छ ।