बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्वासी र वषौंदेखि बसोबास गरिरहेका अब्यवस्थीत बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् । कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिब पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गदैं मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरीने जानकारी दिएका हुन् ।
मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक ( मिनाह डिहि) मा वषौंदेखि अलपत्ररुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसि भएका थिए । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्तीपाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।