शीर्षकहरू

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको एक करोड ७५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समुहको एक करोड ७५ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहले सहयोग गरेको छ । प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट कोषलाई एक करोड ७५ लाख रुपैयाँ सहयोग गरिएको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज एक कार्यक्रमकाबीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।  

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ  ।