शीर्षकहरू

कुमारी बैंकको दशैं दक्षिणा अफर सार्वजनिक

कुमारी बैंकको दशैं दक्षिणा अफर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ । बैंकले घटस्थापनादेखि महानवमी सम्मको ९ दिनका लागि दशैं उत्सव क्यासब्याक सञ्चालनमा ल्याएको हो ।  

कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने छन् । 

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने बैंकले जनाएको छ ।