शीर्षकहरू

प्रकोपपछि उजाड बेथानचोक [तस्वीहरू]

प्रकोपपछि उजाड बेथानचोक [तस्वीहरू]

काठमाडौं । पहाडहरूको राजा भनिने बेथानचोक यतिबेला अत्यासलाग्दो देखिएको छ । गत असोज ११ र १२ को अविरल वर्षा र पहिरोपछि काभ्रेको बेथानचोक र रोशी बजार उजाडिएको छ ।

यहाँका बस्ती र खेतसँगै सडक, पाखा र हरिया पहाड बाढी पहिरोले उदेगलाग्दा बनेका छन् । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो । बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु भएको थियो ।

गृहमन्त्री रमेश लेखकले आज काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । यस्तो छ मन्त्री लेखकको निरीक्षणका क्रममा देखिएको बेथानचोक र रोशीको वर्तमान अवस्था :