शीर्षकहरू

सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराउँछौँ : गृहमन्त्री

सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराउँछौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराउने बताएका छन् । सोमबार बिहान बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनाती नगरपालिका(१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गरेपछि दिउँसो दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने–

भारी वर्षाबाट सिर्जित बाढीपहिरोबाट जन(धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ । 

विकास र विपत्तिमा राजनीति हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ । पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ । 

सडक, खानेपानी, विधुत, स्वास्थ्य लगायत विषयमा हामी लाग्नुपर्छ । बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना मृत्युका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको छ । स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ । घाइतेको नि:शुल्क उपचार हुन्छ । काभ्रेका बाढीपहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ । 
बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेको छ तर सरकारले काम नगरेको भन्ने हुँदैन । सरकार भनेकै यही हो ।