शीर्षकहरू

काठमाडौंमा २२ वटा म्याद गुज्रिएका सामान भेटिए, प्याकेजिङ पदार्थमा गुणस्तरको समस्या

काठमाडौंमा २२ वटा म्याद गुज्रिएका सामान भेटिए, प्याकेजिङ पदार्थमा गुणस्तरको समस्या

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जानकारी दिएको छ ।

८२ वटा पसलमा देखिनेगरी मूल्य सूची नराखिएकोमा राख्न लगाइएको, ६२ वटाको व्यवसाय दर्ता नभएकोमा सात दिनभित्र दर्ता गर्न समय दिइएको बताइएको छ । चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुने तथा यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुनसक्ने भएकाले अनुगमन बढाइएको बताइएको छ ।

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ गरिएका जुस, कुकिजलगायत बिस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको पनि महानगरले जानकारी दिएको छ ।