काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको छ । बाढी, पहिरो र व्यापक डुबानका कारण प्रभावित समुदायहरूका लागि कम्पनीले उक्त सहयोग गरेको हो ।
मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने बताए ।
‘हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ’, उनले भने ।