शीर्षकहरू

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष सहयोग

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष सहयोग

काठमाडौं । मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  २५ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरोले धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरुमा सहायताको आवश्यकता छ ।

यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । बाग्मती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छ । 

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भनेः “अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।“