शीर्षकहरू

होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रालिले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । जसले मोटरसाइकल उत्साहीहरूलाई उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउँने कम्पनीले जनाएको छ।

यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो स्रोत सुनिश्चित गर्ने जनाइएको छ । जसले उनीहरूको बाइकलाई होण्डाको गुणस्तर मापदण्ड अनुसार राम्रो अवस्थामा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।  

होण्डा मोटरसाइकलको पार्ट्सका साथै, बाइक माइनडेडले शार्क, नोलान र एसएमके जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि उपलब्ध गराउँने कम्पनीले जनाएको छ। यी हेलमेटहरू सुरक्षा, आराम, र नयाँ डिजाइनका लागि प्रसिद्ध छन् । 

राइडरहरुले यहाँ सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउनु हुनेछ, जसले टिकाउपन, आराम, र अत्याधुनिक प्रविधिको लागि ख्याति प्राप्त गरेका छन्। साथै,बाइक माइनडेडले ट्रिप मेसिन कर्पोरेसनबाट एक्सेसोरीहरू पनि उपलब्ध गराउँनेछ । जसले तपाइँको बाइकमा कार्यक्षमता र स्टाइल थप्न मद्दत गर्दछ।

बाइक माइनडेडको मोटरसाइकलका सबै आवश्यकताहरूका लागि भरपर्दो स्टोर हो । जसले जेन्युइन होण्डा पार्ट्स र उच्च–गुणस्तरको गियर प्रदान गर्ने बताइएको छ। बाइक मर्मत गर्न होस्, गियर अपग्रेड गर्न होस्, वा एक्सेसोरीहरू थप्न होस्, बाइक माइनडेडले सहयोग गर्ने छ।