शीर्षकहरू

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग  स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी  उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त  सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता भएको बैंकले जनाएको छ ।