शीर्षकहरू

कांग्रेसद्वारा विपद् राहत कोषका लागि ५० लाख हस्तान्तरण

कांग्रेसद्वारा विपद् राहत कोषका लागि ५० लाख हस्तान्तरण

काठमाडौं ।  नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि राहतस्वरुप ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मासहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो ।

गत असोज १३ गते देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहतका लागि दिने निर्णय गरेको थियो ।

पार्टीद्वारा ५० लाखसहित कांग्रेस सांसदहरूले १५ दिनको तलब राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेका थिए ।