शीर्षकहरू

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’का विजेता घोषणा

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’का विजेता घोषणा

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत चार भाग्यशाली विजेताहरु घोषणा गरिएको छ । उनीहरुले जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका हुन् । 

यस योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । हाम्रा चार भाग्यशाली ग्राहकहरूले जनही एक लाख रुपैयाँ जितिसकेका छन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो । 

विजेताहरूको एकान्तकुना डिलरका निश्चल घर्ती, भरतपुर डिलरकी प्रतिमा भण्डारी, वालिङ डिलरका सन्तोष सुवेदी र महेन्द्रनगर डिलरकी शान्ति साउद रहेका छन् ।