शीर्षकहरू

साताको पहिलो शेयर कारोबारः ५६.०९ अंकले बढ्दा ६ अर्ब १३ करोडको कारोबार

साताको पहिलो शेयर कारोबारः ५६.०९ अंकले बढ्दा ६ अर्ब १३ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।                                               

नेप्सेमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                    

चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ङादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, स्टर्न हाइड्रोपावर लिमिटेड र गुडवील फाइनान्स लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।      

बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने साहास उर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६३ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।