शीर्षकहरू

चोभारमा चंगा चेट [फोटोफिचर]

चोभारमा चंगा चेट [फोटोफिचर]

काठमाडौँ । केही समयअघिसम्मका दशैँमा आकाशभरि चंगा देखिन्थे । मासुका परिकार खाने र नयाँ कपडा लगाउने मात्रै नभएर दशैँ पिङ खेल्ने र चंगा उडाउने संस्कृतिका रुपमा पनि रहेकोमा पछिल्लो समय भने चंगा संस्कृति विस्तारै मासिँदै गएको छ ।

केही वर्षयता दशैँमा निकै कम संख्यामा चंगा उडेको देखिँदै आएको छ । यो संस्कृतिलाई जोगाउन पछिल्लो समय विभिन्न ठाउँमा युवाहरूले चंगा उडाउने कार्यक्रम आयोजना गर्दै आएका छन् । यसैबीच कीर्तिपुरस्थित चोभारका युवाहरूले चंगा चेट कार्यक्रम आयोजना गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा विभिन्न ठाउँबाट युवाहरूले बाक्लो उपस्थिति जनाएका थिए । हेर्नुहोस् तस्वीरमा :