शीर्षकहरू

एलसी इनर्जीले आईपीओ जारी गर्ने, कात्तिक १२ गते पारित गर्दै

एलसी इनर्जीले आईपीओ जारी गर्ने, कात्तिक १२ गते पारित गर्दै

काठमाडौं । एलसी इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । पूँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

कर्जा सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउने ।