शीर्षकहरू

आँखुखोला जलविद्युतको हकप्रद खरिद गर्न बोलपत्र पेश गर्ने आज अन्तिम दिन

आँखुखोला जलविद्युतको हकप्रद खरिद गर्न बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ११ गतेदेखि लिलामीमा आएको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो ।  

कम्पनीले १५० प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि बिक्री खुला गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा आउन लागेको यी शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं वा नबिल बैंकको शाखा कार्यालयहरू विर्ताृमोड, विरगञ्ज, हेटौडा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पेश गर्नुपर्नेछ ।   

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर सम्पूण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।