शीर्षकहरू

खाद्यले आजदेखि खसी बोका र च्याङ्ग्रा विक्री गर्दै, १५०० खसी बोका र ३०० च्याङ्ग्रा भित्र्याउँदै (तस्बिरहरु)

खाद्यले आजदेखि खसी बोका र च्याङ्ग्रा विक्री गर्दै, १५०० खसी बोका र ३०० च्याङ्ग्रा भित्र्याउँदै (तस्बिरहरु)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार देखि दशैंका लागि खसी बोका र च्याङ्ग्रा विक्री शुरु गरेको छ । 

कम्पनीले खसी र बोकाको प्रति केजी ६६० रुपैयाँ निर्धारण गरेको छ । प्रति केजी १० रुपैयाँ छुट दिइएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । त्यस्तै, च्याङ्ग्रा प्रति केजी एक हजार २२० रुपैयाँ विक्री तोकिएको छ भने प्रति केजी १० रुपैयाँ छुट दिइएको उनले बताइन् । 

कम्पनीले यो वर्ष ३०० वटा च्याङ्ग्रा र एक हजार ५०० खसी बोका भित्र्याउने भएको छ । शनिबारसम्म २०८ वटा खसी बोका र ३०० वटा च्याङ्ग्रा काठमाडौं भित्रिएको सूचना अधिकारी सुवेदीले बताइन् । भोलि र पर्सीसम्म बाँकी काठमाडौंमा आइपुग्ने उनले बताइन । 

कम्पनीले हेटौडा, नवलपुर र तुलसीपुरबाट खसी बोका भित्राएको छ भने च्याङ्ग्रा मुस्ताङबाट भित्राएको छ । कम्पनीको थापाथली स्थित कार्यालयबाट विक्री वितरण भै रहेको छ ।