शीर्षकहरू

होण्डाको पुरस्कार जित्ने चार भाग्यशाली विजेताहरु

होण्डाको पुरस्कार जित्ने चार भाग्यशाली विजेताहरु

काठमाडौं  । होण्डा नेपालले चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेका छन । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएका छन । 

यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । चार भाग्यशाली ग्राहकहरूले जनही  लाख रुपैयाँ जितेका छन ।

विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो। पुरस्कार तित्नेहरुमा निश्चल घर्ती, डिलर तिरुमाला मोटर्स, प्रतिमा भण्डारी, डिलर युनाइटेड मोटर्स, सन्तोष सुवेदी रहेका छन् । त्यस्तै, शान्ति साउद, डिलर केडी अटोमोबाइल्स रहेको छ । 

ग्राहकहरूले ठूलो पुरस्कार जितेको देखेर र उहाँहरुसङ्ग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित रहेको  कम्पनीले जनाएको छ । यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।