शीर्षकहरू

१४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

१४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको २६ औँ बैठकले १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले ताप्लेजुङ, पाँचथर, काभ्रे, काठमाडौँ, संखुवासभा, ललितपुर, भक्तपुर, सोलुखुम्बु, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ र  दोलखा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।

गएको बिहीबारदेखि तीन दिन परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले विपद् प्रभावित ती जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो । जिल्लालाई तोक्ने कि स्थानीय तहलाई तोक्ने भन्ने विषयमा छलफल भएकोमा ती जिल्लाका विपद् प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र तोक्ने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले बताए ।

उनका उल्लेखित १४ जिल्लाका बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र तोक्ने निर्णय भएको छ । प्राधिकरणको सिफारिसअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।