शीर्षकहरू

चर्को भाडा असुल्ने ६ जना सवारी चालक र सहचालक पक्राउ

चर्को भाडा असुल्ने ६ जना सवारी चालक र सहचालक पक्राउ

काठमाडौं । प्रहरीले दशैँ तिहारको बेला यात्रुको चापको फाइदा उठाउँदै चर्को भाडा असुल्ने ६ जना सवारी चालकलाई पक्राउ गरेको छ । गृहमन्त्रालयका अनुसार काठमाडौँबाट पोखरा, तनहुँ र लमजुङ चल्ने गाडी चालकले चर्को भाडा असुलेको भेटिएपछि दुई चार जना चालक र दुई सहचालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ४७ वर्षीय डम्बरबहादुर आलेमगर, सुन्दरबजार लमजुङका १९ वर्षीय आयुष तामाङ, तनहुँ मेग्देका ३५ वर्षीय राजु विक, तनहुँ भानुका २४ वर्षीय मिलन विक, पालुङटार गोरखाका ४३ वर्षीय दीपकबहादुर नेपाली, लिखु नुवाकोटका १७ वर्षीय प्रकाश मगर रहेका छन् ।

पोखरा, लमजुङ र तनहुँ चल्ने ती हाइस चालक/सहचालकहरूले दोब्बरसम्म भाडा असुलेको पाइएको थियो ।

यस्तो छ जथाभावी भाडा असुल्ने चालक र सवारीको विवरण