शीर्षकहरू

अमेरिकामा हेलेन आँधीका कारण २०० बढीको मृत्यु, ८ लाख घर बिजुलीविहीन

अमेरिकामा हेलेन आँधीका कारण २०० बढीको मृत्यु, ८ लाख घर बिजुलीविहीन

एजेन्सी । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ आँधीले ठूलो क्षति पुर्‍याएको छ । आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । सन् २००५ को क्याट्रिना तुफानपछि हाल हेलेन आँधी सबैभन्दा घातक साबित भएको छ । सन् २००५ मा यहाँ आएको आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।

हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका शोक व्यक्त गरेका थिए ।