शीर्षकहरू

बाढीपहिरोको असर : सबैभन्दा बढी भिड हुने समयमै सुनसान पाथीभरा

बाढीपहिरोको असर : सबैभन्दा बढी भिड हुने समयमै सुनसान पाथीभरा

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधैँ भक्तजनको भिडभाड हुने पाथीभरा यो वर्ष सुनसान छ।

हालैको बाढीपहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थीको संख्या घटेको छ। बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी मात्र पाथीभरामा पुगेका छन्।

गत वर्ष सोही दिन १ हजार १४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रिज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्। देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन्।

विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए।