शीर्षकहरू

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते हुने

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते हुने

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापुँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ । 

बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । लिखु खोला जलविद्युत आयोजनको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते एक दिनका लागि बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।