शीर्षकहरू

मारूती सिमेन्ट्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव

मारूती सिमेन्ट्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले कात्तिक ११ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाख रुपैयाँभन्दा माथीका रकम अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । विभिन्न बैंकहरुबाट लिईएको ऋणको अनुमोदन पनि सभाले गर्नेछ । 

यस कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव भने कम्पनीले गत वर्ष कात्तिक २१ गते सम्पन्न २९औं वार्षिक साधारण सभामार्फत पारित गरिसकेको छ ।