शीर्षकहरू

नेपालमा बनेको हुन्डाई भेन्यु ईको बिक्री सुरु

नेपालमा बनेको हुन्डाई भेन्यु ईको बिक्री सुरु

काडमाडौँ। नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यु ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। २०२४ मे बाट भेन्यु एस र एसएक्स उत्पादन सुरु गरेको कम्पनीले ई भेरियन्टका गाडी पनि उत्पादन सुरु गरेको हो ।

भेन्युको व्यवसायिक उत्पादन सुरु गरिएसँगै हुण्डाई नेपाल, मेड फर योर जर्नी अभियान पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ ।

हुन्डाई ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दशैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ। हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु एस १.२ को ५५ लाख ९६ हजार र एसएक्सको ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले मेड ईन नेपाल भेन्युमा १० वर्षको नि:शुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।