शीर्षकहरू

अवसर इक्वीटी फण्डले बोलायो साधारण सभा

अवसर इक्वीटी फण्डले बोलायो साधारण सभा

काठमाडौं । अवसर इक्वीटी फण्डले कात्तिक ९ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल हिमालय, ललितपुरमा अपरान्ह १ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।     

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले कम्पनीको नियमावलीको नियम २३ संशोधनको प्रस्ताव समेत पारित गर्ने कार्यक्रम छ । यो कम्पनी भेन्चर क्यापिटलको रुपमा सञ्चालनमा रहेको छ ।  

पाँच अर्ब रुपैयाँ आकार रहेको यस फण्डले ४ अर्ब ५६ करोड रुपैयाँ सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकबाट लगानी जुटाई विभिन्न क्षेत्रमा लगानी गरिसकेको छ । १० वर्षे अवधिको यस फण्डले उत्पादन तथा प्रशोधन, वित्तीय सेवा, ईकमर्स तथा सूचना प्रविधि, उर्जा, घरजग्गा, लजिष्टिक पर्यटन, स्वास्थ्य तथा वेलनेस र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ । कम्पनीले हाल विभिन्न पाँच क्षेत्रमा लगानी गरेको जानकारी दिएको छ ।