शीर्षकहरू

सानिमा सेक्यूरिटीजले कात्तिक १३ गते साधारण सभा गर्ने

सानिमा सेक्यूरिटीजले कात्तिक १३ गते साधारण सभा गर्ने

काठमाडौं । सानिमा सेक्यूरिटीजले कात्तिक १३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्नेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशाधेन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । 

सानिमा बैंकको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले नयाँ ब्रोकर कम्पनीको रुपमा ८३ नम्बरबाट कारोबार सञ्चालन गर्दै आएको छ । सिमित कार्य गर्ने ब्रोकर कम्पनीको रुपमा यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०८० साल साउन १० गते अुनमति प्रदान गरेको थियो ।

बोर्डको अनुमति पश्चात् नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार सदस्यको ८३ नम्बरको लाईसेन्स भने भदौ २५ गते प्राप्त गरेको हो । कम्पनीले गत वर्षको असोज २९ गतेदेखि धितोपत्र दलाल व्यवसायीको रुपमा कारोबार सुरु गरेको हो ।