शीर्षकहरू

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज आश जिवितै

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज आश जिवितै
file Photo

काठमाडौं । नेपालले क्यानाडामा भइरहको त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । ओमनसँग भएको खेलमा  कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले नेपालले भारी अन्तर रनले जित निकालेको छ । 

 ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । नेपालले ओमनलाई १५८ रनको लक्ष्य दिएको थियो ।  ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।