शीर्षकहरू

ललितपुरमा  २ जनाको ज्यान बचाउने तामाङ प्रभु महालक्ष्मी लाइफद्वारा सम्मानित

ललितपुरमा  २ जनाको ज्यान बचाउने तामाङ प्रभु महालक्ष्मी लाइफद्वारा सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चनिकलाल तामाङलाई सम्मान गरेको छ । सम्मानित हुने असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ निवासी हुन ।

असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन । प्रमुख कार्यकारी अधिकृत प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गर्नुभएका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख रुपैयाँ बीमाङ्क रकमको बीमालेख सहित ११ हजार रुपैयाँ नगद सम्मान स्वरुप प्रदान गरेका थिए ।
ज्ञ
कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले थपे, यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको छु । सबैले आफ्नो क्षमता अनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।