शीर्षकहरू

गोंगबु र पेप्सी सनसीटीबाट ठूलो संख्यामा जुवाडे पक्राउ

गोंगबु र पेप्सी सनसीटीबाट ठूलो संख्यामा जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा जुवा तास लेख्ने मानिसलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं महानगर पालिका वडा नं २६गोंगबु र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ लाइफ बेकरीमाथि बाट २९ जना जुवा तास खेलिरहकोलाई प्रहरीले  पक्राउ गरेको जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ लाइफ बेकरीबाट १६ जना र गोंगबुबाट १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवराज श्रेष्ठ, राजकुमार साह, मोहनकृष्ण साह, अनिता राई, राजेन्द्र पाण्डे, हरिकृष्ण पराजुली, किरण थापा,मिलन लामा, बच्च राम विश्वकर्मा रहेका छन् ।

त्यस्तै, सोहि स्थानबाट राधुराम तिवारी, रमेश लामा,सोमनाथ गोले, लक्ष्मण गजमेर, क्रिस खाती, प्रेम श्रेष्ठ र राज लामिछाने रहेको प्रहरीले  जनाएको छ । उनीहरुको साथबाट ६ लाख ४२ हजार ५ सय नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, गोगबु मित्रनगरबाट पक्राउ पर्नेहरुमा सोमबहादुर तामाङ, कृष्ण बहादुर भूजेल, राज कक्षपति, गोकुल चौलागाई, चित्रबहादुर तामाङ, गंगाराम पाठक, केशव नेपाल, चक्रबहादुर राई, चेन्जिङ लामा, सोहनकुमार मिश्र, फर्साङ तामाङ र  विवेश लामा रहेको प्रहरीले  जनाएको छ । उनीहरुको साथबाट पाँच लाख ६ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।