शीर्षकहरू

दीपेन्द्रसिंह ऐरी बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

दीपेन्द्रसिंह ऐरी बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आईसीसीले आज जारी गरेको नयाँ वरीयताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । 

नयाँ वरीयतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ब्याटिङतर्फ ऐरी विश्व वरीयतामा ४३औँ स्थानमा रहेका छन् ।  यसअघि उनी ४५औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम वरीयतामा  नेपाल १७औँ स्थानमा रहेको छ । 

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त वरीयतामा ८७औँ स्थानमा छन् ।