शीर्षकहरू

सन नेपाल लाइफको लगनखेल शाखा उद्घाटन

सन नेपाल लाइफको लगनखेल शाखा उद्घाटन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत  गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल भएका थिए । ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।