शीर्षकहरू

एसबीआई बैंकद्वारा हरियाली प्रवर्द्धनका लागि विराटनगर महानगरलाई २ लाख सहयोग

एसबीआई बैंकद्वारा हरियाली प्रवर्द्धनका लागि विराटनगर महानगरलाई २ लाख सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर महानगरलाई २ लाख सहयोग गरेको छ । 

बरगाछी-रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा वृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।