शीर्षकहरू

नख्खु बाढीले बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान

नख्खु बाढीले बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान

काठमाडौं । अविरल वर्षासँगै ललितपुरको नख्खुखोलामा आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्ने एक जनालाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ । काभ्रेको तेमाल गाँउपालिका वडा न. ९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका वडा न. २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई कम्पनीले सम्मान गरेको हो । 

बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । 

तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार रुपैयाँ नगद सम्मान स्वरुप प्रदान गरे । कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देखेर बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए ।