शीर्षकहरू

शाओमीकाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” अफर सार्वजनिक

शाओमीकाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” अफर सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । 

यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए  जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ । 

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस  पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउने  कम्पनीले बताएको छ । उक्त  विशेष अफर आगामी कात्तिक ३० गतेसम्म लागु हुनेछ ।