शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

सूर्योदय वोमी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८२ हजार १०८ दशमलव ५३७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

उक्त बोनस शेयरको लागि शेयरधनीले कर बापतको रकम जम्मा गर्नु पर्ने हुन्छ । कर बापतको रकम तिरेपछि मात्रै शेयरधनीको हितग्राही खातामा आउने कम्पनीले जनाएको छ ।