शीर्षकहरू

राष्ट्रपति पौडेलले एक महिनाको तलब राहत कोषलाई दिने

राष्ट्रपति पौडेलले एक महिनाको तलब राहत कोषलाई दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो एक महिनाको तलव सुविधा  केन्द्रीय दैवीप्रकोप राहत कोषलाई प्रदान गर्ने भएका छन् ।

हालै आएको बाढी पहिरोबाट  पीडितहरूलाई राहत प्रदान गर्न कोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी राष्ट्रपति पौडेलकासल्लाहकारहरूले एक हप्ताको तलव सुविधा कोषलाई प्रदान गर्ने निर्णय गरेका छन् ।