शीर्षकहरू

घर, गाडी र व्यवसायका लागि नेपाल बैंकको कर्जा योजना सार्वजनिक

घर, गाडी र व्यवसायका लागि नेपाल बैंकको कर्जा योजना सार्वजनिक

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा सर्वसुलभ आवास कर्जा ल्याएको छ । बैंकले सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद  र अपार्टमेन्ट समेत खरिद गर्न सक्ने बताएको छ ।

५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

यसका अतिरिक्त बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ ।  कर्जा सीमा रू.१० करोडसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यावसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।