शीर्षकहरू

सेप्टेम्बरमा भित्रिए ९६ हजार विदेशी पर्यटक

सेप्टेम्बरमा भित्रिए ९६ हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांअनुसार यस महिनामा जम्मा ९६ हजार ३०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।   

विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट पर्यटक आएका छन् । यस महिना भारतबाट २२ हजार ९८४ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ४२ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० पाँच सय ८४ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै, सेप्टेम्बरमा अष्ट्रेलियाबाट ५ हजार ३८ जना, श्रीलंकाबाट ४ हजार ९१५ जना, बेलायतबाट ४ हजार ४९३ जना, बंगलादेशबाट ४ हजार १०३ जना, जर्मनीबाट २ हजार ७०४ जना, साउथ कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

May be an image of text