शीर्षकहरू

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । 

बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने बैंकले जनाएको छ ।