शीर्षकहरू

नुम्बुर हिमालय हाइड्रोपावरले बोलायो साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

नुम्बुर हिमालय हाइड्रोपावरले बोलायो साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । नुम्बुर हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव गर्दै कात्तिक ७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संकेत गरेको छ । प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।   

आईपीओ निष्कासनका लागि र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने कम्पनीले जनाएकाे छ ।