शीर्षकहरू

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । दुई कम्पनीहरुले कुल ७० हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता र लुम्बिनी विकास बैंकले १५ हजार ८१२ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका हुन् । 

यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र माछापुच्छ्रे बैंकको शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटलको कार्यालय सन्धारा, काठमाडौं र लुम्बिनी विकास बैंकको शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीहरुले दिएका छन् ।