शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेसमा ५० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेसमा ५० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि (पर्सा, चितवन)बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले विशेषगरि Siddhartha Gen-Z खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  

यस सम्झौताले ग्राहकहरुलाइ छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरि गर्ने विश्वास बैंकले लिएको छ ।