शीर्षकहरू

ब्रदरमार्टले असोज १७ गते स्मार्टवाच एक्सचेन्ज मेला गर्दै

ब्रदरमार्टले असोज १७ गते स्मार्टवाच एक्सचेन्ज मेला गर्दै

काठमाडौं । नेपालमा पहिलोपटक स्मार्टवाच मेला हुने भएको छ । स्मार्टवाचहरूको एक्सचेन्जसँगै भारी छुट र उपहार प्रदान गर्नेगरी ईकमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ ।

असोज १७ गते मा ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा मेला आयोजना हुने बयोजकले बताएको छ । यस कार्यक्रमले नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ, जहाँ सहभागीहरूलाई पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् साथै नयाँ खरिदमा पनि विशेष छुटहरू, र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिनेछ।

ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत अशेष प्रसाईले भने, 'यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुँदैछ। नेपालमा १० लाखभन्दा बढी स्मार्टवाचहरू पहिले नै बिक्री भइसकेका छन्, र हामी यस क्षेत्रमा अग्रणी ई-कमर्स प्लेटफर्म हौं। स्मार्टवाचको बजार द्रुत रूपमा विस्तार भइरहेको छ, र मलाई लाग्छ यस्तो कार्यक्रमको यो सही समय हो।'

मेलामा १० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाख भन्दा धेरै डिजिटल पहुँच हुने अनुमान गरिएको छ । मेला लोकप्रिय स्मार्टवाच ब्रान्डहरू प्रदर्शनी गरिनेछ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू, र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन्, जसले गर्दा प्रविधिप्रेमीहरूका लागि आफ्ना स्मार्टवाचहरु अपडेट गर्ने र स्मार्टवाच उद्योगका नयाँ प्रयोगहरु अवलोकन गर्ने अवसर हुने आयोजकले जनाएको छ ।