शीर्षकहरू

नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

हकप्रद शेयर निष्कासनको प्रस्ताव कम्पनीको विशेष साधारण सभामार्फत पारित गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०८० साल मंसिर १० गतेदेखि १३ गतेसम्म आईपीओ जारी गरेको थियो । मंसिर २० गते आईपीओ सर्वसाधारणमा बाँडफाँट गरेको कम्पनीले लगानीकर्तालाई शतप्रतिशत हकप्रद दिन लागेको हो । 

धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी कायम छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी भने ८ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनी ११ रुपैयाँ ६४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा छ ।