शीर्षकहरू

दशैंका लागि सुकिला नोट साट्दै सर्वसाधारण (फोटोफिचर)

दशैंका लागि सुकिला नोट साट्दै सर्वसाधारण (फोटोफिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि सुकिला नोट साटिरहेको छ । राष्ट्र बैंकले दशैंलाई लक्षित गरी आइतबारदेखि सफा र सुकिला नोट सटही सुविधा दिएको हो । 

दशैंमा माग हुने साना दरका नोट सटहीको लागि यस वर्ष बैंकहरुको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)बाट सुकिला नोट असोज १३ गतेदेखि २२ गतेसम्म साट्ने व्यवस्था मिलाइएको छ । 

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । 

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर, यसवर्ष भने सुकिला नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेल बताउँछन् ।