शीर्षकहरू

सिटिजन्स बैंकको बुक क्लोजको मिति तय

सिटिजन्स बैंकको बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी १८औं वार्षिक साधारण सभाको लागि बुक क्लोजको मिति तय गरेको छ । साधारण सभाको मिति तय गर्न बाँकी रहेको अवस्थामा बैंकले बुक क्लोजको मिति भने असोज २९ गते एक दिनका लागि तय गरेको हो । 

कम्पनीले तय गरेको बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । असोज २४ गतेदेखि २८ गतेदेखि दशैको सार्वजनिक विदा परेकाले असोज २३ गतेसम्मका लगानीकर्ता मात्र बुक क्लोजको मितिका आधारमा साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । 

बैंकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।